मतदातालाई चामल बाँडेका मन्त्री मेटमणिले बुझाए २५ हजार जरिवाना


तरुण पत्रिका

१९ मंसिर २०७९, सोमबार १६:५०

काठमाडौं। शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुरबापतको जरिवाना रकम निर्वाचन आयोगलाई बुझाएका छन्।

दाङ-१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै आयोगले चुनावअघि स्पष्टिकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो।

मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। चौधरी जरिवाना बुझाउने बहालवाला पहिलो मन्त्री हुन्। आयोगले स्वास्थमन्त्री भवानी खापुङलाई जरिवाना गरे पनि बुझाएका छैनन्।

Tags :

प्रकाशित: १९ मंसिर २०७९, सोमबार १६:५०