समानुपातिकमा एमालेले २८ लाख कटाउँदा अरु दलले कति पाए?



काठमाडौं। हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। ढिलो गणना थालिएका स्याङ्जा २, बाजुरा र दोलखा सकिएसँगै आयोगले समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने आयोगको तयारी हो ।

हालसम्म एक करोड ४ लाख ७८ हजार ७३५ गणना सकिएको छ । मंगलबार बिहानसम्म २८ लाख १४ हजार ६५५ मत प्राप्त गरी नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेस २६ लाख ८८ हजार २१८ भोटसहित दोस्रो स्थानमा छ । एमाले र कांग्रेसबीच एक लाख २६ हजार ४३७ मतको अन्तर छ ।

तेस्रो स्थानमा रहेको माओवादीले ११ लाख ६४ हजार १०२ मत प्राप्त गरेको छ । ११ लाख २४ हजार ७७८ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ ।

५ लाख ८६ हजार ८१६ मत ल्याएर राप्रपा पाँचौ स्थानमा हुँदा जसपाले ४ लाख २० हजार ९५४ मत प्राप्त गरेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टी ३ लाख ९४ हजार ५३८ भोटका साथ सातौँ स्थानमा छ । नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० मत प्राप्त गरेको छ ।

Tags :

प्रकाशित: २० मंसिर २०७९, मंगलवार ०८:१५