मुद्दा खारेज गरी कार्यकर्ता रिहा गर्न विप्लवको सरकारलाई दबाब


तरुण पत्रिका

२० मंसिर २०७९, मंगलवार १५:०६

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई लगाइएको मुद्दा खारेज गरी जेलबाट रिहा गर्न सरकारलाई दबाब दिएको छ।

मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटगरी नेकपा प्रवक्ता खडग्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले दबाब दिएका हुन्। मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको छ।

वर्तमान सरकारले कानुनी जटिलता हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रिपरिषद्‍बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको प्रकाण्डले बताए। यता, गृहमन्त्री खाँणले पनि समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिवद्ध रहेको बताएका छन्

‘सरकार र हामीबीच भएको सहमती छिटोभन्दा छिटो यसलाई रिजल्टमा उर्तानुस् र हामीलाई रिजल्ट दिनुस्, जनतालाई रिजल्ट दिनुस् भनेर हामीले आज भनेका छौँ। सरकारले यसप्रति इमान्दार र प्रतिवद्ध छौँ भनेको छ। यसलाई पूरा गर्ने सन्दर्भमा फेरि पनि हामी लाग्छौँ’, गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले भने, ‘लागिरहेका छौं भन्ने सरकारको जवाफ छ। वार्ता सकारात्मक छ। तर, अहिले हामीले खोजेको परिणाम हो। त्यो हेर्नुपर्छ। छिटो सरकारले यो परिणाम सार्वजनिक गरोस् भन्ने हाम्रो चाहना छ। पछिल्लो सहमती भइसकेपछि क्याबिनेटले निर्णय गरिसकेको छ।’

Tags :

प्रकाशित: २० मंसिर २०७९, मंगलवार १५:०६