लोकप्रिय मत घट्दा कांग्रेसको साखमा धक्का पुग्यो : कोइराला


तरुण पत्रिका

२० मंसिर २०७९, मंगलवार १६:२६

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनमा लोकप्रिय मत घट्दा पार्टीको साख गिरेको बताएका छन्। मंगलबार विराटनगरमा कांग्रेस नेता गुरुराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ विचार संग्रह विमोचन गर्दै कोइरालाले पपुलर मत घट्नुको कारणबारे गम्भीर हुनुपर्ने औंल्याएका हुन्।

उनले भने, ‘यस पटक प्रत्यक्षमा २३ बाट ५७ सिटमा कांग्रेस पुग्यो तर पपुलर मत ७ प्रतिशत कम भयो। यसबारे गम्भीर हुन जरुरी छ। कांग्रेसको साख गिरेको हो कि भन्ने छ। यसलाई सच्याएर अघि बढनुपर्छ।’

पार्टी एकढिक्का भएर अघि बढ्ने उनको भनाइ छ। ‘तपाईंहरू ढुक्क हुनुस्। कांग्रेस एकढिक्का भएर अघि बढ्छ। सरकार पनि गठबन्धनकै हुनेछ। कांग्रेसको क्रियाशील सदस्यता शतप्रतिशत खुला गरिनुपर्छ’, उनले भने।

प्रकाशित: २० मंसिर २०७९, मंगलवार १६:२६