रामोसको ह्याट्रिकमा पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश



काठमाडौं। गोन्सालो रामोसको ह्याट्रिकमा सहज जित निकाल्दै पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति भएको खेलमा स्वीजरल्यान्डमाथि ६–१ गोल अन्तरको जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो । लुसेइल स्टेडियममा पोर्चुगललाई जित दिलाउन रामोसले ह्याट्रिक पूरा गरे ।

त्यस्तै पेपे, राफेल गुरेइरो र राफेल लाओले एक–एक गोल गरेरामोसले खेलको १७औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । 
आजको गोलसँगै पेपे विश्वकप फुटबलको नकआउट चरणमा गोल गर्ने धेरै उमेरका खेलाडी बनेका हुन् । उनले ३९ वर्ष २८३ दिनमा गोल गरे ।खेलको ५१औं मिनेटमा रामोसले व्यक्तिग दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० गोलको अग्रता दिलाए । खेलको ५५औं मिनेटमा गुरेइरोले गोल गर्दै पोर्चुगलको अग्रता ४–० बनाए । स्वीजरल्यान्डका लागि मानुयल अकाङ्जीले गोल गर्दै टिमलाई ४–१ गोलको अवस्थामा ल्याए । 

खेलको ६७औं मिनेटमा रामोसले ह्याट्रिक पूरा गर्दै टिमलाई ५–१ गोलको अग्रता दिलाए । खेलको इन्जुरी समयमा लाओले गोल गर्दै पोर्चुगललाई ६–१ गोल अन्तरको जित दिलाए । पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ ।

Tags :

प्रकाशित: २१ मंसिर २०७९, बुधबार ०६:२५