काठमाडाैं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्ता घटकका पाँच दल गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका थिए ।
मंगलबारसम्म समानुपातिकतर्फ दलहरूले पाउने सिटसंख्याको लगभग टुंगो लागिसकेको अवस्थामा यो गठबन्धनले बहुमत नपाउने देखिएको छ ।
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट जितेको छ । त्यस्तै माओवादी केन्द्रले १८, नेकपा एसले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जितेको छ भने राष्ट्रिय जनमोर्चाले एक सिटमा जित निकालेको छ ।
त्यस्तै समानुपातिकतर्फ गठबन्धनमा रहेको कांग्रेसले ३२ सिट पाउँदा माओवादी केन्द्रले १४ सिट पाएको छ । थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दल बन्न नसकेका नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चाले समानुपातिकतर्फ प्रतिनिधिसभामा सिट नपाउने भएका छन् ।
यसरी हेर्दा कुल २७५ सदस्यीय प्रतिनिधिसभामा गठबन्धनले १३६ सिट पाएका छन् । बहुमतका लागि प्रतिनिधिसभामा १३८ सिट आवश्यक हुन्छ। सरकारमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी सकरात्मक देखिएको छ। प्रत्यक्षमा १ सिट जितेको जनमतले समानुपातिकमा पाँच सिट पाउँदैछ।
प्रकाशित: २१ मंसिर २०७९, बुधबार ०६:५०