परिजिता बाँस्तोला अमेरिकी टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट बाहिरिइन


तरुण पत्रिका

२१ मंसिर २०७९, बुधबार ०९:०४

काठमाडौं। परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट बाहिरिएकी छिन्।
गत सोमबार डिसेम्बर ५  का दिन सशक्त  प्रस्तुति गरे पनि उनी सेमिफाइनलबाट आउट भएकी हुन्। आज भएको घोषणामा ८ जना मध्ये ४ जना बाहिरिएका थिए।

बाहिरिएका सबैलाई एक चोटी गीत गाउने मौका दिइएको थियो।४ जनाले गीत गाएको ५ मिनेट भित्रमा मतदान गर्न लगाइएको थियो। त्यस मध्ये सबै भन्दा बढी मत ल्याउँदै एक जनालाई ५ औँ स्थानमा अवसर दिँदै अन्तिम ५ मा प्रतिस्पर्धामा सहभागी हुने मौका दिएको थियो ।

परिजिता ४ भित्र नपरे पछि उनले बेजोड प्रस्तुति गरेता पनि उनी फाइनलमा प्रवेश गर्न असफल भइन्। उनको यात्रा यही टुंगिएको छ । तर उनी मतमा हारेता पनि मनमा विजयी हासिल गरेकी छिन् । उनले सबैको मन जित्न सफल भएकी छिन् ।

गत सोमबार उनले अस्ट्रेलियाली गायिका तथा गीतकार सिया केट इजाबेल फर्लरको अनस्टपेवल गीत गाएकी थिइन्  । अमेरिकी द भ्वाइसको २२ औँ संस्करणमा १७ वर्षीय परिजिता बाँस्तोला ८ प्रतिस्पर्धीहरुमा उनको प्रस्तुति उत्कृष्ट मध्येकै एक भएको थियो ।

गत सोमबार सबै ८ जना प्रतियोगीहरुको प्रस्तुति अद्धितिय रहेको  थियो । एक पछि अर्को चरणमा झन् झन अद्वितीय प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वभरि छरिएर रहेका नेपाली तथा विदेशीहरुले मत दिएता पनि  उनी अन्तिम ५ मा भित्र पर्न असफल भइन्।

Tags :

प्रकाशित: २१ मंसिर २०७९, बुधबार ०९:०४