दासढुंगा काण्डको जाँचबुझ आयोगका अध्यक्ष पूर्वन्यायाधीश प्रचण्डराजको निधन


तरुण पत्रिका

२१ मंसिर २०७९, बुधबार ०९:१३

काठमाडौं। दासढुंगा हत्याकाण्डको छानविन गर्न बनेको जाँचबुझ आयोगको संयोजक समेत रहेका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा उनको निधन भएको हो । ९२ वर्षीय अनिल मधुमेह, रक्तचाप र मुटुका बिरामी थिए।

जिल्ला न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका अनिल विभिन्न तह हुँदै सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर अवकाश भएका थिए। उनी बहुचर्चित दासढुंगा हत्याकाण्डको छानविन गर्न बनेको जाँचबुझ आयोगको संयोजक थिए । तत्कालिन सरकारले न्यायाधीशबाट अवकाश भइसकेका अनिलको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो।

२०५० साल ३ जेठमा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको दासढुंगा भन्ने स्थानमा जिप दुर्घटना भएको थियो। जहाँ नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको निधन भएको थियो।

Tags :

प्रकाशित: २१ मंसिर २०७९, बुधबार ०९:१३