काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दैछ।
नेपाल र नामिबियाबीचको खेल आज दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा विहीन बनेको थियो, जसले गर्दा दुवैले अंक बाँडेका थिए । यस्तै दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो।
पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नामिबियाले नेपालसँग अंक बाँडेको थियो भने त्यसपछि स्कटल्याण्डलाई हराएको थियो।
लनेपालले शृंखलाको अन्तिम खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ ।
प्रकाशित: २१ मंसिर २०७९, बुधबार १०:१९