काठमाडौ । नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना कार्य सकिएको छ । प्रत्यक्षतर्फको मतणना यस अघि नै सकिए पनि समानुपातिकतर्फको मतगणना कार्य भने मंगलबार साँझ मात्रै सकिएको छ ।
मंगलबार साँझ समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै निर्वाचन आयोगले थ्रेस होल्ड कटाउने राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या निर्धारण गरेर पठाएको छ ।
समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेले ३४, नेपाली काँग्रेसले ३२, नेकपा ९माओवादी केन्द्र०ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट प्राप्त गर्ने भएका छन् । उनीहरुले प्राप्त गर्ने सिट संख्या उल्लेख गर्दै आयोगले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने ७ वटै दललाई पत्राचार गरेको छ । त्यससगै काँगे्रसले अकंअगणितको राजनिति सुरु गरेको हो । काँग्रेस सभापति शेर बहादुर देउवाले
सीके राउत नेतृत्वको जनमत पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्न भनेपछि सत्ता गठबन्धन सरकार बन्ने भएको छ । सिके राउतले प्रधानमन्त्री देउवालाई सकरात्मक उत्तर दिएपछि काँगे्रसले अकंअगणितको राजनिति सुरु गरेको हो । सीके राउत नेतृत्वको जनमत पार्टीले नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि सहज भएको छ । नेपाली काँग्रेसले प्राप्त गरेको ८९ सिट, नेकपा माओवादी केन्द्रको ३२ सिट, नेकपा एकीकृत समाजवादीको १० सिट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सिट, राष्ट्रिय जनमोर्चाको १ सिट जोडेर १३६ सिट पुगेको छ ।
यसैमा जनमत पार्टीको ६ सिट जोडिने वित्तिकै सत्ता गठबन्धनलाई सरकार गठनका लागि १४२ सिट पुग्नेछ । १३८ सिटमा नै सत्ता गठबन्धनलाई बहुमत पुग्ने भएकाले बहुमत पुगेर पनि ३ सिट थप हुनेछ ।
प्रकाशित: २१ मंसिर २०७९, बुधबार ११:४३