काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न विकलहरूले सर्वोच्चमा थालेको आन्दोलनविरुद्ध बोल्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
‘काला कटे मुर्दावाद’ भनेर आफूले लगायको जुत्ता वकिलहरूमाथि प्रहार गरेपछि प्रहरीले अदालत परिसरबाट तारा बराललाई पक्राउ गरेको हो। आज प्रधानन्यायाधीश राणाले कार्यालय फर्किने तयारी गरेपछि बारको निर्णयअनुसार वकिलहरू धर्ना दिन सर्वोच्च परिसरमा धर्ना दिइरहेका छन्।
अभियन्ता बराल दिउँसो तीन बजेतिर धर्ना स्थलमा आएर वकिलहरूको विरोध गरिरहेकी थिइन्। यसै क्रममा उनले उत्तेजित हुँदै आफूले लगाइरहेको जुत्ता फुकालेर वकिलको समूहमाथि प्रहार गरेकी हुन्। सर्वोच्चमा खटिएका सुरक्षाकर्मीले तत्काल उनलाई पक्राउ गरी भ्यानमा हालेर लगेका छन्।
उनको जुत्ता सर्वोच्चभित्र फ्याँकिएको छ। तारा बराल एउटा जुत्तामा छिन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको पक्षमा यसअघि पनि उनले सर्वोच्चको गेटमा एकल प्रदर्शन गरेकी थिइन् ।
प्रकाशित: २१ मंसिर २०७९, बुधबार १५:३४