जबरालाई संसद् सचिवालयले दिएको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट


तरुण पत्रिका

२१ मंसिर २०७९, बुधबार १६:३३

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको भनी संसदका महासचिव भरतराज गौतमले जबरालाई दिएको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

संसद सचिवालयले जबरालाई निलम्बन फुकुवाको पत्र दिएको र आजै जबरा सर्वोच्च आउने तयारी भएसँगै जबरालाई सर्वोच्च आउन रोक्नका लागि बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्।

सर्वोच्च बार एसोसिएसनका सदस्‍य अनन्तराज लुइँटेलका अनुसार रिटमा संसद सचिवालयले जबरालाई दिएको पत्र असंवैधनिक र गैर कानुनी भएकाले बदर हुनुपर्ने माग गरिएको छ। जबरा आज दिउँसो ३ बजे अदालत जाने भनिए पनि अन्तिममा निस्कन सकेनन्। उनी आउने सूचना पाएसँगै धर्ना दिन अदालत परिसरमा भेला भएका कानुन व्यवसायी पनि अहिले फर्किएका छन्।

अपरान्ह ४ बजेपछि कार्यालय समय सकिएकाले कर्मचारीहरू पनि निस्किएका छन्। शुक्रबार बिहान १० बजेसम्मका लागि धर्ना स्थगित गरिएको नेपाल बार एसोसियशनले जनाएको छ। भोलि बिहीबार सार्वजनिक विदा भएकाले अब शुक्रबार मात्रै धर्ना गरिने बुझिएको छ।

स्रोतका अनुसार गृह मन्त्रालयले पनि जबरालाई अदालत प्रवेशमा रोक लगाउन प्रहरीलाई सर्कुलर गरेपछि उनी बुधबार हाजिर हुन पाएनन्। निलम्बित प्रधानन्यायाधीश जबराको कार्यकाल यही २७ गते सकिँदैछ।

सम्बन्धित समाचार

चोलेन्द्रबारे संसद सचिवालयको पत्र संविधानविपरीत : गुरुङ

‘काला कोटे मुर्दावाद’ भन्दै वकिलमाथि जुत्ता प्रहार गर्ने तारा बराल सर्वोच्च परिसरबाट पक्राउ

चोलेन्द्रलाई रोक्न सर्वोच्चमा बारको धर्ना

‘हामी नै संसद्‍मा नरहेपछि केही बोल्ने ठाउँ छैन’

संसदका महासचिवले चोलेन्द्रलाई दिएको पत्रमा के छ ? (पत्रसहित)

महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै चोलेन्द्रशमशेर जबरा

चोलेन्द्रको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा

चोलेन्द्रलाई महाभियोग लगाउन सभामुखलाई बुझाइयो प्रतिवेदन

Tags :

प्रकाशित: २१ मंसिर २०७९, बुधबार १६:३३