काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ ओटा सवारी चालक अनुमति पत्रहरू निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको हो।
निलम्बनका लागि पठाईएका मध्ये एक जना चालकले ३८ पटक सम्म सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको सह-प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए।
प्रकाशित: २२ मंसिर २०७९, बिहीबार ०८:४७