काठमाडौं। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नामिबिया त्रिकोणीय सिरिजमा बिहीबार नेपालले अन्तिम खेल स्कटल्यान्डविरुद्ध खेलिरहेको छ। नामिबियाको विन्डहोकमा जारी खेलमा नेपालले खराब ब्याटिङ गरेको छ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म तीन विकेट गुमाइसकेको छ। ६ ओभरमा १६ रन बनाउदा नेपालले महत्त्वपूर्ण तीन विकेट गुमाएको हो।
अर्जुन साउद शून्य, आसिफ शेख १ र ज्ञानेन्द्र मल्ल ९ रन बनाएर आउट भए। अहिले कप्तान रोहित पौडेल र दिपेन्द्रसिंह ऐरी मैदानमा छन्।
जारी त्रिकोणीय सिरिजमा नेपालले दुई खेल हारेको छ भने एक खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । बिहीबार अन्तिम खेल खेलिरहेको छ । तीन खेल जित्ने लक्ष्य लिएर नामिबिया गएको नेपालले पहिलो जित हात पार्न सकेको छैन।
प्रकाशित: २२ मंसिर २०७९, बिहीबार १४:४१