अन्तर्घातको आरोपमा माओवादीका २ पोलिटब्युरो सदस्यलाई कारबाहीको सिफारिस


तरुण पत्रिका

२२ मंसिर २०७९, बिहीबार १६:३०

काठमाडौं। नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अचुतम काफ्ले र रामेश्वर राय यादवले अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस भएको छ ।

प्रदेश र प्रतिनिधि सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउने भन्दा एमालेका उम्मेदवारलाई भुमिका खेलेको भन्दै माओवादी दुई नेतालाई कारबाही सिफारिस भएको हो ।

माओवादी केन्द्र बागमती, हरिवन, बरहथवा नगरपालिकासहित चक्रघट्टा गाउँपालिका सहित चार स्थानीय तह कमिटीले २ जनालाई कारबाही सिफारिस गरेको एक नेताले बताए । माओवादीका यादवले एमालेका हरिप्रसाद उप्रेतीलाई भोट मागेर हिडेकाले कारबाही सिफारिस भएको ति नेताले बताए ।

‘यादव जीले सर्लाही ३ बाट उम्मेदवार भएका एमालेका उम्मेदवार हरि उप्रेतीलाई भोटै मागेर हिड्नुभयो । माओवादीका नरेन्द्र कलवार साहलाई भोट नदिनु भनेर हिड्नुभयो’ ति नेताले भने, ‘अचुतम काफ्लेले पार्टीका उम्मेदवारलाई भोट नमागे निष्क्रिय भई बसेको भनेर कारबाही सिफारिस भयो ।’

माओवादी चार पालिकाले पार्टीका २ पोलिटब्युरो सदस्यलाई पार्टीबाट किन कारबाही नगर्ने भन्दै प्रदेश कमिटी र पार्टी केन्द्रलाई सिफारिस गरेको हो । काफ्ले माओवादी सर्लाही जिल्ला इन्चार्ज हुन भने यादव यसअघि संघीय सांसद समेत हुन् ।

अहिले समानुपातिक सांसदमा बसेपछि प्रत्यक्षमा नरेन्द्र कलवार साहलाई टिकट दिएर पठाएको थियो । यादव यसअघि संघीय सरकारका श्रम मन्त्री समेत भएका थिए । तर माओवादीका मधेस प्रदेश इन्चार्ज गणेश साहले चुनावमा अन्तर्घात गरेको भन्दै कुनै नेताको नाम सिफारिस भई आइनसकेको बताए ।

‘अहिलेसम्म चुनावमा अन्तर्घात गरेको भन्दै कुनै नेताको नाम म कहाँ आइसकेको छैन’ साहले भने, ‘यदी सिफारिस भएर आयो भने छानविन हुन्छ । दोषी देखिएमा कारबाही गर्छौ ।’

Tags :

प्रकाशित: २२ मंसिर २०७९, बिहीबार १६:३०