नेपालद्वारा स्कटल्यान्डसामु १२० रनको लक्ष्य प्रस्तुत



काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्डसामु १२० रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले ३५.३ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको हो ।

युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४७, दीपेन्द्र सिंह ऐरीले १४, सोमपाल कामीले १६ र ललित राजवंशीले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेन, साफयान सरिफ र मार्क वाटले समान २–२ विकेट लिए । क्रिस सोल, क्रिस्टोफर एसी ब्राइड र क्रिस ग्रियभ्स्ले १–१ विकेट लिए ।

Tags :

प्रकाशित: २२ मंसिर २०७९, बिहीबार १७:१६