काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाले खेल्दैछन् । यो खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ ।
नकआउट चरणमा ब्राजिलले दक्षिण कोरियालाई हराएको थियो । यस्तै साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।
यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सले खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राती पौने १ बजे लुसाइल स्टेडियममा हुनेछ । नकआउट चरणमा अर्जेन्टिनाले अष्ट्रेलियालाई र नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।
प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार ०७:२७