काठमाडौं। सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ।
बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो।
सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ।
गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ।
जनमत पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्न भनेपछि सत्ता गठबन्धन सरकार बन्ने भएको छ। सिके राउतले प्रधानमन्त्री देउवालाई भेटेरै सकरात्मक उत्तर दिएपछि कांग्रेस अकंअगणितको राजनिति सुरु गरेको हो। जनमत सरकातमा सहभागी हुने भएपछि कांग्रेस नेतृत्वमा सरकार गठन गर्नका लागि सहज भएको छ।
नेपाली कांग्रेसले प्राप्त गरेको ८९ सिट, नेकपा माओवादी केन्द्रको ३२ सिट, नेकपा एकीकृत समाजवादीको १० सिट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सिट, राष्ट्रिय जनमोर्चाको १ सिट जोडेर १३६ सिट पुगेको छ।
यसैमा जनमत पार्टीको ६ सिट जोडिने वित्तिकै सत्ता गठबन्धनलाई सरकार गठनका लागि १४२ सिट पुग्नेछ। १३८ सिटमा नै सत्ता गठबन्धनलाई बहुमत पुग्ने भएकाले बहुमत पुगेर पनि ३ सिट थप हुनेछ।
प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार ०८:२२