प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ



काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुने भएको हो।

जबराको आचारणमाथि नै प्रश्न उठाउँदै अघिल्लो प्रतिनिधिसभाका सांसदहरुले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए। महाभियोगमाथि छिनोफानो नहुँदै गौतमले गत बुधबार मात्र प्राकृतिक न्यायको सिद्धान्तअनुसार भन्दै महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित पत्र पठाएका थिए।

जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग प्रस्ताव दर्ता भएको हो। उनी २८ मंसिरमा उमेरहदका कारण अवकाश पाउनेछन्।

सम्बन्धित समाचार

चोलेन्द्रको विषयमा राज्यका तीन अङ्गबीच टकराव

चोलेन्द्रको महाभियोग प्रस्ताव फुकुवाबारे सर्वोच्चले संसद् सचिवलाई सोध्यो ६ प्रश्न

चोलेन्द्रबारे संसद सचिवालयको पत्र संविधानविपरीत : गुरुङ

चोलेन्द्रलाई रोक्न सर्वोच्चमा बारको धर्ना

संसदका महासचिवले चोलेन्द्रलाई दिएको पत्रमा के छ ? (पत्रसहित)

महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै चोलेन्द्रशमशेर जबरा

Tags :

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार ०९:११