काठमाडौं। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा धन्यवाद दिएका छन्।
मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि आज बिहान सामाजिक सञ्जालमा लेख्दै देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन्।
कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिट जितेको छ। प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जिते पनि समानुपातितर्फ भने कांग्रेसभन्दा नेकपा एमालेले २ सिट धेरै जितेको छ।
प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार ०९:१७