समानुपातिकमा पहिलो बनाएकामा ओलीले दिए मतदातालाई धन्यवाद


तरुण पत्रिका

२३ मंसिर २०७९, शुक्रबार १२:२१

काठमाडौं। एमालेलाई समानुपातिकतर्फ पहिलो बनाउन लोकप्रिय मत दिएकामा अध्यक्ष केपी ओलीले मतदातालाई धन्यवाद दिएका छन्।

मंसिर ४ मा सम्पन्न चुनावमा एमालेले प्रतिनिधिसभा समानुपतिकतर्फ २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ। एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएको हो।

समानुपातिकमा दोस्रो रहेको कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ। एमालेले समानुपातिकतर्फ कांग्रेसभन्दा २ सिट धेरै जितेको छ। प्रत्यक्षमा ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट हात पारेको छ।। प्रतिनिधिसभामा एमाले दोस्रो ठूलो दल भएको छ।

अध्यक्ष ओलीले लोकप्रिय मतमा एमाले पहिलो भएकामा मतदातालाई धन्यवाद दिएका हुन्। २०७४ मा वाम गठबन्धन गरेर चुनावमा गएको एमालेले प्रत्यक्षमा ८० र समानुपातिक ४१ गरी प्रतिनिधिसभामा १२१ सिट जितेको थियो।

Tags :

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार १२:२१