महाभियोग प्रकरण : बहस सकियो, आदेशको तयारी


तरुण पत्रिका

२३ मंसिर २०७९, शुक्रबार १३:३५

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय भएको पत्र दिने संसद सचिवालयको निर्णयविरुद्ध परेको रिटमाथिको बहस सकिएको छ।

सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसमेतले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ भएको थियो। बहस सकिएसँगै आजै आदेश दिने तयारी भइरहेको छ। संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन्।

राणाले अनिवार्य अवकाश पाउनुभन्दा एक साताअघि संसद सचिवालयले उनीमाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको थियो। राणा कामका लागि सर्वोच्च अदालत फर्कने तयारी गरेपनि वकिलहरूको आन्दोलनका कारण अदालत फर्किन सकेका छैनन्।

सम्बन्धित समाचार

चोलेन्द्रलाई निलम्बन फुकुवाको पत्र दिने संसदमा महासचिवलाई अवहेलनामा कारबाही गर्न माग

चोलेन्द्रशमशेरको निलम्बन फुकुवाविरुद्धको रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन

चोलेन्द्रको विषयमा राज्यका तीन अङ्गबीच टकराव

चोलेन्द्रको महाभियोग प्रस्ताव फुकुवाबारे सर्वोच्चले संसद् सचिवलाई सोध्यो ६ प्रश्न

संसदका महासचिवले चोलेन्द्रलाई दिएको पत्रमा के छ ? (पत्रसहित)

प्रधानन्यायाधीश जबरालाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा जोगाउन खोजिएको आरोप

सर्वोच्चमा प्रधानन्यायाधीश छिर्ने ढोका बन्द, सुरक्षा व्यवस्था कडा

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगका प्रस्तावक पराजित

Tags :

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार १३:३५