समानुपातिक सांसद छान्न माओवादीले बोलायो पदाधिकारी बैठक


तरुण पत्रिका

२३ मंसिर २०७९, शुक्रबार १५:०७

काठमाडौं। नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको नाम टुङ्ग्याउन पदाधिकारी बैठक बोलाएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ समानुपातिक सांसद छान्नुपर्ने हुन्छ। निर्वाचन आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा समानुपातिकबाट निर्वाचित हुने सिट संख्या तोकेर नाम पठाउन पत्र काटेपछि दलहरू बन्दसूचीमा रहेका नाम छुट्याएर आयोगले पठाउने चटारोमा छन्। आयोगले शनिबारसम्म समानुपातिक लिष्ट बुझाउन समय निर्धारण गरेको छ।

Tags :

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार १५:०७