सिनेमा हलमा ‘वर्ल्डकप’ नदेखाउन चलचित्र विकास बोर्डको ध्यानाकर्षण



काठमाडौं। चलचित्र विकास बोर्डले सिनेमा हलमा विश्वकप फुटबल नदेखाउन ध्यानाकर्षण गराएको छ। नियमित चलचित्र प्रदर्शनको शो समय जस्तै विश्वकप फुटबल प्रशारण हुन लागेको भन्दै बोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्ति जारी बोर्डले भनेको छ, ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तः बमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ। अन्यथा नियमानुसारको कारबाही भैजाने ब्यहोरा जानकारी गराइन्छ।’

अहिले कतिपय सिनेमा घरहरुले विज्ञापन नै गरेर फुटबल देखाउने बताइरहेका छन्।

Tags :

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार १५:१५