संसद सचिवालयको पत्रबारे यस्तो छ सर्वोच्चको अन्तरिम आदेश


तरुण पत्रिका

२३ मंसिर २०७९, शुक्रबार १७:१९

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग प्रस्ताव निष्क्रिय भन्दै संसद सचिवालयका महासचिव भरतराज गौतमले दिएको क्लिन चिट कार्यान्वयन गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

महासचिव गौतमले जबरालाई दिएको क्लिन चिट असंवैधानिक भन्दै सर्वोच्च बारका अध्यक्ष पुर्णमान शाक्यसहितले सर्वोच्चमा दायर रिटमाथि शुक्रबार बसेको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो ।  सर्वोच्चको आदेशमा संविधानद्वारा प्रतिनिधिसभालाई प्रदान गरिएको अधिकार महासचिवले प्रयोग गरेको सम्बन्धी गम्भीर र महत्वपूर्ण प्रश्न खडा भएको सन्दर्भमा महासचिवले लेखेको पत्रको तत्काल कार्यान्वयन हुनु सुविधा सन्तुलनका दृष्टिले हेर्दा मनासिव देखिएको उल्लेख छ । 

तसर्थ प्रस्तुत रिट निवेदन उपरको सुनुवाइ नटुङ्गिएसम्मका लागि संघीय संसद सचिवालयका महासचिवद्वारा हस्ताक्षरित पत्र संख्या ०७९/०८० च.नं. ७ मिति २०७९/०८/२१ को पत्र कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९ को उपनियम (४) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ। आदेशको जानकारी तत्काल प्रत्यर्थीहरुलाई दिनू ।’

Tags :

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार १७:१९