ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा


तरुण पत्रिका

२३ मंसिर २०७९, शुक्रबार २३:४५

काठमाडौं । साविक उपविजेता क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै ब्राजिल लगातार दोस्रो पटक विश्वपको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।एजुकेसन सिटी रंगशालामा सम्पन्न कतार विश्वकप २०२२ अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा पेनाल्टि सुटआउटमा ४–२ गोलको नतिजमा ब्राजिलाई हराउँदै क्राएसिया सेमिफाइनल प्रवेश गरेको हो ।खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेइमारको गोलमा लिएको अग्रतालाई ब्राजिलले बचाइराख्न सकेन ।

क्राएसियाका ब्रुनाे पेटकोभिचले खेलको ११७औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार २३:४५