समानुपातिक सूची टुङ्ग्याउँदै नेकपा माओवादी केन्द्र



काठमाडौं। सत्ता गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले आज समानुपातिक सांसदको टुंगो  लगाउने भएकाे छ ।

सांसद टुङ्ग्याउने एजेन्डाका साथ बैठक बस्न लागेको महासचिव देवप्रसाद गुरुङले बताए । शुक्रबार पनि बैठक बसेको थियो । तर, समानुपातिक सांसद टुङ्ग्याउन सकेन । यसपछि आज टुङ्ग्याउन लागिएको महासचिव गुरुङले बताए। ‘समानुपातिक सांसदहरूको नाम आज टुङ्ग्याउनेगरी तयारी गरेका छौँ,’ उनले भने ।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ।

संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्थाअनुसार माओवादी केन्द्रले प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ ।

बाँकी रहेको दुई सिटमा पुरुष पठाउन सक्नेछ ।

Tags :

प्रकाशित: २४ मंसिर २०७९, शनिबार ०९:४२