अर्घाखाँचीबाट हराएकी किशोरीको नयाँ दिल्लीबाट उद्धार



नेपालगन्ज- डेढ महिनादेखि अर्घाखाँचीबाट हराएकी किशोरीको शुक्रबार भारतको नयाँ दिल्लीबाट उद्धार गरिएको छ। किशोरीको शान्ति पुनर्स्थापना गृह बाँकेले डेढ महिनापछि उद्धार गरेर नेपालगन्ज ल्याइएको हो।

दिल्लीको कोत्ला मुवारकपुर पुलिस थानाको सहयोगमा उद्धार गरी शुक्रबार नेपाल फर्काइएको प्रहरीले जनाएको छ। गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया किशोरी शान्ति पुनर्स्थापना गृह बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बता ।

दिल्ली प्रहरीका डिसीपी एमएसचन्दन चौधरीको निर्देशन र कोटला थानाका इन्चार्ज सुनिल गोडियालको सक्रियतामा किशोरीलाई फकाएर भारत पुर्‍याउने सन्धिखर्क नगरपालिका–६ अर्घाखाँची निवासी २४ वर्षीय सुभाष नेपालीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।

किशोरीका अभिभावकले खोजतलासको लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र शान्ति पुनर्स्थापना केन्द्र बाँकेमा निवेदन दिएका थिए। सोही आधारमा खोजी गर्ने क्रममा भारतको नयाँ दिल्लीमा युवा–युवतीलाई फेला पारिएको प्रहरीले जनाएको छ।

भारतीय प्रहरीको सहयोगमा उनको खोजतलास गर्न १० दिन लागेको प्रहरीले जनाएको छ।

Tags :

प्रकाशित: २४ मंसिर २०७९, शनिबार ११:२६