समानुपातिक सांसद टुंग्याउन एमाले सचिवालय बैठक जारी


तरुण पत्रिका

२४ मंसिर २०७९, शनिबार १३:५४

काठमाडौं। समानुपातिक सांसदको टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ।

पार्टी कार्यालय च्यासलमा बिहानदेखि बैठकले समानुपातिक सांसद चयन गर्नेछ । एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ। 

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै तीन दिनभित्र समानुपातिकतर्फको सांसदको नाम पठाउन भनेको थियो। दलहरूले आज साँझसम्म समानुपातिक सूची पठाउनुपर्नेछ ।

Tags :

प्रकाशित: २४ मंसिर २०७९, शनिबार १३:५४