विश्व निकेतनमा अध्ययनरत छात्राको मृत्यु शङ्कास्पद रहेको भन्दै छानबिन गर्न माग



काठमाडौं। त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलमा अध्ययनरत छात्राको मृत्यु शङ्कास्पद रहेको भन्दै त्यसको छानबिन गर्न माग गरिएको छ । सो स्कुलमा कक्षा ११ मा अध्ययनरत छात्रा सदीक्षा चौधरी बुधबार मृत अवस्थामा भेटिएकी थिइन्।

सदीक्षाको हत्या भएको भन्दै उनका परिवार र सो स्कुलका विद्यार्थीले हत्यामा संलग्नलााई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । उनीहरूले शनिबार त्रिपुरेश्वरस्थित स्कुलदेखि माइतीघर मण्डलासम्म विरोध प्रदर्शन समेत गरेका छन् ।  

Tags :

प्रकाशित: २४ मंसिर २०७९, शनिबार १४:०८