समानुपातिक तर्फको सांसद् छान्न राप्रपा छलफलमा जुट्यो


तरुण पत्रिका

२४ मंसिर २०७९, शनिबार १४:३७

काठमाडौं। समानुपातिक तर्फको सांसदहरुको टुङ्गो लगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी छलफलमा जुटेको छ। पार्टी कार्यालय धुम्बाराहीमा छलफल चलिरहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । दिउँसो ४ बजे अगाडिसम्म नाम टुङ्गो लगाएर निर्वाचन आयोगमा नाम पठाउने गरी छलफल भइरहेको उनले बताए।

प्रतिनिधि सभामा राप्रपाले समानुपातिकमा पाएको ७ सिट मध्ये ५ सिटमा अनिवार्य महिला पठाउनुपर्ने छ भने २ जना मात्र पुरुष सांसद छनौट गर्न सक्नेछ। पुरुषमा पशुपति शम्शेर जबरा निश्चित भएपनि दोस्रो पुरुषमा प्रकाशचन्द्र लोहनी वा अन्य उम्मेदवारलाई छनौट गर्ने भन्नेमा विवाद रहेको छ । राप्रपाले प्रतिनिधिसभामा समानुपातिक तर्फ ७ सिट र ७ प्रदेशमा समानुपातिक तर्फ १६ सिट पाएको छ ।

Tags :

प्रकाशित: २४ मंसिर २०७९, शनिबार १४:३७