काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुंगो लगाएको छ। राप्रपाले समानुपातिकतर्फ ७ सिट पाउनेगरी मत प्राप्त गरेको थियो।
शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेतको नाम टुंग्याएको छ।
आदिवासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएका छन्।
प्रकाशित: २४ मंसिर २०७९, शनिबार २०:१०