इङल्यान्डलाई हराउँदै साविक विजेता फ्रान्स सेमिफाइनलमा



फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा इंग्ल्याण्ड फ्रान्ससँग २–१ गोल अन्तरले पराजित भएको छ।यससँगै इंग्ल्याण्डले ५६ वर्षपछि उपाधि जित्ने सपना सकिएको छ।सन् १९६६ यता फुटबलको कुनै पनि महत्वपूर्ण उपाधि जित्न सकेको छैन। गत विश्वकपको सेमिफाइनलसम्म पुगेको भए पनि यसपटक भने इंग्ल्याण्ड क्वार्टरफाइनलबाटै बाहिरिएको हो। खेलको ८४ औं मिनेटमा पाएको पेनाल्टीमा ह्यारी केनले गोल गर्न सकेनन्।

यससँगै इंग्ल्याण्डले खेलमा दोस्रोपटक बराबरी गर्ने मौका गुमाएको थियो। खेलमा थप गोल हुन नसकेसँगै इंग्ल्याण्डको कतार विश्वकपको यात्रा टुङ्गिएको हो। इंग्ल्याण्ड गत विश्वकपको सेमिफाइनलपछि सन् २०२० मा युरोकपको फाइनलसम्म नै पुग्न सफल रह्यो यद्यपि फाइनलमा भने इंग्ल्याण्ड पेनाल्टीमा पराजित भएको थियो।

प्रकाशित: २५ मंसिर २०७९, आईतवार ०५:३३