समानुपातिकमा एमालेबाट सुदूरपश्चिमलाई विभेद


तरुण पत्रिका

२५ मंसिर २०७९, आईतवार ०७:४५

काठमाडौं। नेकपा एमालेले समानुपातिक तर्फ सांसद् चयन गर्दा सुदूरपश्चिमलाई विभेद गरेको भन्दै नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

३४ जना सांसद् चयन गर्दा सुदूरपश्चिम प्रदेशबाट एक जना मात्रै समेटिएको र महिला शून्य रहेकोभन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्।

खस आर्यबाट बाजुराका दयाल बहादुर शाही बाहेक अन्य समानुपातिकमा कोही पनि परेनन्। उनलाई पिछडिएको क्षेत्रबाट समेटिएको थियो।

१२ जना पुरुषहरू छनोट गरिएको थियो त्यसमा शाही समेटिँदा २२ जनामा महिलामा सुदूरपश्चिम प्रदेशका कोही पनि परेनन्।अघिल्लो पटक २०७४ मा एमालेले ४१ जना समानुपातिक सांसद पाउँदा सुदूरपश्चिम प्रदेशबाट पाँच जना परेका थिए।

त्यो बेला बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति), निरुदेवी पाल (खस आर्य ), लक्ष्मीकुमारी चौधरी (थारु ), निरादेवी जैरु (दलित ) र आशाकुमारी विक (दलित ) समानुपातिक तर्फबाट सांसद भएका थिए। तर, अहिले एक जना पनि महिला प्रतिनिधि सभामा समानुपातिक तर्फबाट सांसद हुन पाएनन्।

समानुपातिकमा एक जना पनि महिला नसमेटिएको भन्दै समाजिक संजालमा नेतृत्वको व्यापक आलोचना भइरहेको छ।

Tags :

प्रकाशित: २५ मंसिर २०७९, आईतवार ०७:४५