काठमाडौं। विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुत्घटनामा परि तीन जनाको मृत्यु भएको छ। सुनसरी, सप्तरी र कैलालीमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नहडामा तीन ओटा मोटरसाइकल आपसमा ठोक्किंदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् ।
प्रदेश १-०२-०४३ प १७१, को३८प ९२१० र को १७ प ६९४४ नम्बरका मोटरसाइकल हिजो साँझ सवा ६ बजे ठोक्किएका थिए । दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । उनको सनाखत हुन बाँकी छ । घाइते भएकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्रबजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो बेलुकी साढे ८ बजे स४प १६३८ नम्बरको मोटरसाइकल सडकमा थुपारिएको माटोको ढिस्कोमा ठोकिएर दुर्घटना हुँदा सो मोटरसाइकलका चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा बेलुकी सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सनाखत हुन बाँकी छ ।
प्रकाशित: २५ मंसिर २०७९, आईतवार १०:५९