गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत


तरुण पत्रिका

२५ मंसिर २०७९, आईतवार १३:०३

काठमाडौं। गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र बिक रहेका छन्। उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो। दीपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Tags :

प्रकाशित: २५ मंसिर २०७९, आईतवार १३:०३