काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग निष्प्रभावी भएको पत्र लेख्ने संघीय संसद सचिवालयका महासचिव भरत गौतमले सर्वोच्च अदालतलाई पत्रको जवाफ पठाएका छन्।
सर्वोच्च प्रशासनले महाभियोग निष्क्रिय हुने गौतमको पत्रमाथि प्रश्न उठाउँदै कुन कानूनमा टेकेर पत्र लेखिएको हो भनेर सोधेको थियो। सोही पत्रको गौतमले आज जवाफ पठाएका हुन्। सर्वोच्चको फुलकोर्टले पत्र पठाएलगत्तै सर्वोच्च अदालतको संवैधानिक इजलासले पनि महाभियोग निष्प्रभावी हुने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ।
संसद सचिवालयले सर्वोच्च प्रशासनलाई पठाएको पत्रमा फुलकोर्टको प्रश्नको जवाफ संवैधानिक इजलासमा जवाफ दिने क्रममा पठाउने उल्लेख छ।
सर्वोच्चले संसद सचिवालयलाई राणाको महाभियोग निष्क्रिय भएको विषयमा ७ दिन भित्र जवाफ दिन आदेश दिएको छ। उक्त आदेश अनुसार फुलकोर्टलाई पनि जवाफ पठाउने सचिवालयका महासचिव भरत गौतमले पत्रमार्फत् नै सर्वोच्चलाई जानकारी दिएका छन्।
सम्बन्धित समाचार
चोलेन्द्रको महाभियोग प्रस्ताव फुकुवाबारे सर्वोच्चले संसद् सचिवलाई सोध्यो ६ प्रश्न
चोलेन्द्र प्रकरणमा सर्वोच्चको अन्तरिम आदेश : ‘संसद महासचिवको पत्र कार्यान्वयन नगर्नू’
चोलेन्द्रलाई निलम्बन फुकुवाको पत्र दिने संसदमा महासचिवलाई अवहेलनामा कारबाही गर्न माग चोलेन्द्रको विषयमा राज्यका तीन अङ्गबीच टकराव
संसदका महासचिवले चोलेन्द्रलाई दिएको पत्रमा के छ ? (पत्रसहित) प्रधानन्यायाधीश जबरालाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा जोगाउन खोजिएको आरोप
प्रकाशित: २५ मंसिर २०७९, आईतवार १६:००