क्वाटरफाइनलमा हारेपछि नेदरल्यान्ड्सका प्रशिक्षक भान गालले दिए राजीनामा


तरुण पत्रिका

२५ मंसिर २०७९, आईतवार १६:११

काठमाडौं। विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिनासँग हारेपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले भने, ‘म प्रशिक्षकको पदबाट राजीनामा दिन्छु। मैले यो पद केही समयको लागि मात्रै सम्हालेको थिएँ।’

उनले अगष्ट ४ मा तेस्रो पटक नेदरल्यान्ड्सको प्रमुख प्रशिक्षकको रुपमा पद ग्रहण गरेका थिए। त्यसयता गालको प्रशिक्षणमा नेदरल्यान्ड्सले २० खेल खेल्यो।

गाल भन्छन्, ‘मेरो तेस्रो कार्यकालमा नेदरल्यान्ड्सले २० खेल खेल्यो र एक खेल पनि हारेन।’ अर्जेन्टिनासँगको पेनाल्टीमा हार बेहोरेको बारेमा उनी भन्छन्, ‘मलाई लाग्दैन यो हार हो। हामीमा पेनाल्टीमा चुकेका हौं। यसलाई हार भन्न मिल्दैन।’

उनले जाँदा जाँदै आफूले एक उत्कृष्ट नेदरल्यान्ड्सको टोली निर्माण गरेको बताए। ‘म प्रशिक्षणबाट बिदा लिन लागे पनि एक उत्कृष्ट टिम बनाइ बिदा लिँदै छु। म यसलाई निकै सकरात्मक रुपमा लिन्छु’, उनले अर्जेन्टिनासँगको खेलमा हार बेहोरेपछिको पत्रकारसँगको कुराकानीमा भनेका थिए।

Tags :

प्रकाशित: २५ मंसिर २०७९, आईतवार १६:११