काठमाडौं। आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ।
आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि अन्त्य हुने भएको हो।
उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ।
प्रकाशित: २५ मंसिर २०७९, आईतवार १७:२६