टोकियो। जापानको नागोयामा नेपाली विद्यार्थी नवराज वाग्लेको निधन भएको छ। जापान आएको ६ महिना नपुग्दै उनको असामयिक निधन भएको हो।
नेपालको नुवाकोट घर भएका वाग्ले हाल जापानमा विद्यार्थी भिसामा आएका थिए। आफ्नै कोठामा सुतेको अवस्थामा उनको निधन भएको बुझिएको छ। राति कामबाट फर्किएर वाग्ले बिहान खाना खाएर सामान्य अवस्थामै सुतेका थिए।
साँझ काममा जाने बेलासम्म पनि नउठेपछि उठाउन खोज्दा उनी अचेत अवस्थामा भेटिएपछी तत्काल उनलाई अस्पताल पुर्याइएको थियो। अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए। २७ वर्सीय वाग्लेको मृत्यु अत्याधिक बल्ड प्रेसरका कारणले भएकाे चिकित्सकले जानकारी दिए।
नुवाकोट मदनपूरका वाग्ले जापान आएको ६ महिना मात्र भएँको थियो। हाल जापानी भाषा विद्यालयमा अध्ययनरत गर्दै आएका वाग्लेको अन्त्येष्टि नागोयामा सोमबार गर्ने तयारी भइरहेको छ।
प्रकाशित: २६ मंसिर २०७९, सोमबार ०७:३५