धादिङमा एक वृद्ध दम्पतीको हत्या


तरुण पत्रिका

२६ मंसिर २०७९, सोमबार १२:३७

काठमाडौं। धादिङको त्रिपुरासुदरी गाउँपालिकामा एक वृद्ध दम्पतीको हत्या भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका –३ आलेगाउँका ७० वर्षीय विष्णु बहादुर आलेमगर र ६५ वर्षीय निरमाया आलेमगरको हत्या भएको धादिङ प्रहरीले जनाएको छ।

उनीहरु दुई जना मात्रै घरमा बस्दै आएको र घर एकान्तमा रहेकोले घटना गएरातिको हो वा अहिलेको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले प्रहरी घटनास्थलमा रहेको थप अनुसन्धान गरिरहेको छ।

Tags :

प्रकाशित: २६ मंसिर २०७९, सोमबार १२:३७