डोल्पा। डोल्पामा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ। सामान्य विवादले उग्र रूप लिएपछि भएको झडपमा परी नौ जना घाइते भएका छन्।
घाइते हुनेमा एमाले समर्थित ४ जना छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ वर्षीय जालपा बोहोरा, ५० वर्षीया शान्ता बोहोरा, ३८ वर्षीया भद्र बोहोरा र सोही ठाउँमा १२ वर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन्।
यस्तै, माओवादी समर्थित पालिकाको थापा गाउँका ५९ वर्षीया बिर्ख बोहोरा, १८ वर्षका लक्ष्मण बोहोरा घाइते भएका छन् । यस्तै, ५४ वर्षका गोरसिह, १६ वर्षीया पविन्द्र बोहोरा र २१ वर्षका जगत बोहोरा घाइते भएका छन्।
प्रहरी चौकी माझगाउँलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राती थापागाउँस्थित वडा कार्यालय नजिकका झडप भएको थियो। उनीहरूले मादक पदार्थ सेवन गरेका थिए भने सामान्य वादविवाद भई झै–झगडा हुँदा उनीहरू घाइते भएका हुन्। घाइतेको स्थानीय स्वास्थ्य चौकी झ्याकोटमा उपचार भइरहेको छ।
प्रकाशित: २६ मंसिर २०७९, सोमबार १३:५१