काठमाडौं। इटालीको रोमस्थित एक क्याफेमा अन्धाधुन्ध गोली चल्दा तीन महिलाको मृत्यु भएको छ। तीमध्ये एक इटालीकी नयाँ प्रधानमन्त्री जर्जिया मेलोनीकी साथी हुन्। गोली लागेर चार जना घाइते भएका छन्।
रोमका मेयर रोबर्टो गाल्टेरीले गोलीबारीलाई ‘गम्भीर हिंसात्मक कार्य’ भनेका छन्। उनले सोमबार बस्ने आकस्मिक बैठकमा सहभागी हुने बताए। यस मामिलामा ५७ वर्षीय संदिग्धलाई हिरासतमा राखिएको छ।
इटालीको ‘ला रिपब्लिका’ अखबारको रिपोर्ट अनुसार लुसियाना सिओर्बा रोमको फिदेनेमा रहेको यो क्याफेमा घटनाका बेला उपस्थित थिइन्। उनले पत्रिकासँगको कुराकानीमा आइतबार बन्दुकधारी बारमा पसेको बताइन्। गोली चलाउने व्यक्तिले सबैभन्दा पहिला चिच्याउँदै भने, ‘म तिमीहरु सबैलाई मारिदिन्छु।’
त्यसको केही बेरमा नै मानिसहरुले उनीमाथि नियन्त्रण पाए। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले गोलीबारीमा परेकी निकोलेटा गोलिसानोलाई आफ्नी साथी बताएकी छिन्। मारिएका अन्य दुई महिलाको नाम एलिसाबेटा सिलेन्जी र सबिना स्पारान्डियो रहेको छ। इटालीकी प्रधानमन्त्रीले के भनिन् ?
फेसबुक पोस्टमा मेलोनीले आफ्नी साथीको बारेमा लेखिन्, ‘निकोलेटा एक प्रोटेक्टिभ आमा, एक सच्चा र समझदार साथी, एक बलियो महिला थिइन्।’ उनले थपेकी छिन्, ‘सबैभन्दा ठूलो उनी एक उत्कृष्ट व्यावसायिक महिला थिइन्, उनी मेरो साथी थिइन्।’
प्रकाशित: २६ मंसिर २०७९, सोमबार १३:५९