काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अध्यादेश ल्याउने विषयमा गरेको गलत निर्णयको भारी पार्टीले नबोक्ने बताएका छन्।
अध्यादेश ल्याउने विषयबारे पार्टीमा कुनै छलफल नभएकाे उल्लेख गर्दै थापाले ;सरकारले अध्यादेश फिर्ता लिनुपर्ने पनि बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ।’
अध्यादेशका बारेमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले राखेको धारणा नै कांग्रेसको संस्थागत धारणा भएको गगनको भनाइ छ। यसअघि महामन्त्री शर्माले सडकमा हुँदा एउटा र सदनमा हुँदा अर्को धारणा नहुने प्रष्ट्याउँदै त्यस अध्यादेशले कानूनी र राजनीतिक मात्रै नभइ प्रधानमन्त्रीमाथि नै नैतिक संकट आउने बताएका थिए।
गगनले यसैलाई समर्थन गर्दै ४ बुँदा कांग्रेसको धारणा भनेर सार्वजनिक गरेका छन्।
- अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ। यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्मविपरीत छ।
- हिलेको सरकार कामचलाउ हो, यसले दूरगामी महत्त्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ।
- अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन। यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसद्ले कानून बनाएर प्रक्रिया अगाडि बढाउन सक्छ।
- अदालत र संसद्को क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।
सम्बन्धित समाचार
रेशम चौधरीलाई आममाफी दिन सर्वाेच्चको निर्देशन र नजीर नै बाधक
आममाफीसम्बन्धि सरकारले ल्याउन लागेको अध्यादेशको चौतर्फी विरोध
अध्यादेश फिर्ता हुनुपर्ने रवि लामिछानेको माग
रेशम छुटाउन ल्याउन लागेको अध्यादेशप्रति कांग्रेसका महामन्त्री शर्माको कडा आपत्ति
प्रकाशित: २६ मंसिर २०७९, सोमबार १५:३४