काठमाडौं। धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। बजार आज १६.९७ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९०२.२८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ पनि ५.५७ अंकले बढेर ३७२.९३ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि सवा एक वर्ष रुपैयाँ बढीको भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा रातो पोतिएको छ। यो दिन अन्य समूह सर्वाधिक ६.१४ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह १.८९ प्रतिशतले बढ्दा वित्त समूहमा १.८१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०५ प्रतिशत, जलविद्युत समूहमा १.५८ प्रतिशत, लगानी समूहमा ०.५२ प्रतिशत, जीवन बीमा समूहमा ०.७८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.८० प्रतिशत, लघुवित्त समूहमा ०.७३ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४१ प्रतिशत र व्यापार समूहमा ०.२० प्रतिशतको बढोत्तरी भएको छ।
आज बैंकिङ समूहमा ०.५८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरू
आज नेप्सेमा सूचीकृतमध्ये २४५ कम्पनीका ४४ लाख ७० हजार ६२५ कित्ता सेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नबिल बैंकको सर्वाधिक २१ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कुमारी बैंकको संस्थापक सेयरको १० करोड ९८ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ६ करोड २१ लाख रुपैयाँ, आशा लघुवित्तको संस्थापक सेयरको ५ करोड ९३ लाख रुपैयाँ, हिमालन डिस्टिलरीको ४ करोड ३५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड १२ लाख रुपैयाँ, रिडी पावरको ३ करोड ४६ लाख रुपैयाँ, प्रभु बैंकको २ करोड १२ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको २ करोड ४ लाख रुपैयाँ र एनसीसी बैंकको १ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज दुईवटा लघुवित्तका सेयरधनीहरु मालामाल भए। समिट लघुवित्त र सिवाईसी नेपाल लघुवित्तका सेयरधनीहरु मालामाल भएका हुन्। यी दुवै लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। यो दिन मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
प्रकाशित: २६ मंसिर २०७९, सोमबार १५:४९