राप्रपा नेपालद्वारा अध्यादेशको विरोध



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ। राप्रपाले सोमबार एक विज्ञप्तिमार्फत सत्ता स्वार्थका निम्ति नयाँ संसदको बैठक बस्ने पूर्वसन्ध्यामा सरकारले फौजदारी संहितामा नयाँ व्यवस्था गर्न अध्यादेश ल्याइएको भन्दै विरोध गरेको हो।

गम्भीर आपराधिक घटनाका अभियुक्तहरूलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक रहेको प्रवक्ता वसन्तमान सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न पनि राप्रपा नेपालले माग गरेको छ।

Tags :

प्रकाशित: २६ मंसिर २०७९, सोमबार १६:१५