जाजरकोटमा जिप दुर्घटना, ११ जनाको मृत्यु


तरुण पत्रिका

२६ मंसिर २०७९, सोमबार २०:३०

सुर्खेत– जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो ।

छेडागाड–५ दिपक अधिकारी, छेडागाड–५ नैनसरा अधिकारी, छेडागाड–५ जैकुवरा बुढा, छेडागाड–५ रामबहादुर बुढा, छेडागाड–६ वीर बहादुर खत्री, भगवती–२, दैलेख अमर खड्का, भगवती–२, दैलेख मान बहादुर रावत, भगवती–२, दैलेख बिरेन्द्र केसी, छेडागाड–५ देवीसरा बुढा, छेडागाड–५ अमर अधिकारी र छेडागाड–५ निषा अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

छेडागाड–५ की जैभान अधिकारी गम्भिर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।

प्रकाशित: २६ मंसिर २०७९, सोमबार २०:३०