अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटो फिचर)


तरुण पत्रिका

२७ मंसिर २०७९, मंगलवार १३:४३

काठमाडौं। टीकापुर नरसंहारमा अदालतबाट दोषी ठहर भएर आजीवन कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीलसहितलाई उन्मुक्ति दिन अध्यादेश ल्याउन लागेको भन्दै अनेरास्ववियुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ।

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलनमा उत्रिएको हो।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधनका लागि सरकारले सोमबार राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको छ। यसको भोलिपल्ट मंगलबार बिहान अनेरास्ववियुले त्रिचन्द्र कलेज अगाडि प्लेकार्डसहित नाराबाजी गर्दै प्रदर्शनमा विरोध प्रदर्शनमा उत्रिएको हो।

 

Tags :

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार १३:४३