झलनाथ खनाल इलाम १ मा पुन: मतदानको माग गर्दै पुगे सर्वोच्च



काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम क्षेत्र नं. १ को निर्वाचन बदर हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

निर्वाचन अधिकृतले गरेको परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने माग गर्दै उनी मंगलबार सर्वोच्च गएका हुन्। उनले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद् सचिवालयलाई समेत विपक्षी बनाएका छन्।

इलाम १ बाट खनाललाई पराजित गर्दै नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए। इलाम १ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए भने खनालले २३ हजार ८९ मत पाएका थिए।

Tags :

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार १९:०२