साविक बिजेता फ्रान्स र मोरक्कोमा को बलियो ?


तरुण पत्रिका

२८ मंसिर २०७९, बुधबार १०:२०

काठमाडौं। विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज बुधबार राति साविक बिजेता फ्रान्स र मोरक्को खेल्दैछन्।

कतारको अल बायत स्टडियममा यो खेल बुधबार राति पौने १ बजे सुरु हुनेछ ।

मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई हराएको थियो भने फ्रान्सले इङ्ल्याण्डलाई हराएर अन्तिम चारको यात्रा तय गरेको हो ।

जारी विश्वकपमा मोरक्को एकमात्र अपराजित टोली हो। समूह चरणमा क्रोएसियासँग बराबरीमा खेलेको मोरक्कोले बेल्जियम र क्यानडालाई हरायो।

क्वार्टरफाइनलमा उसले स्पेनलाई पेनाल्टीमा पराजित गर्‍यो।

यस्तै फ्रान्सले समूह चरणमा डेनमार्क र अष्ट्रेलियालाई हरायो भने ट्युनिसियासँग पराजित भयो। नकआउटमा पोल्याण्डलाई हराएको फ्रान्सले क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई पराजित गर्यो।

फ्रान्स र मोरक्कोले यसअघि ११ पटक खेलेपनि विश्वकपमा एक अर्कासँग पहिलोपटक खेल्न लागेका हुन्।

यसअघि भएका औपचारिक र अनौपचारिक गरी ११ खेलमध्ये ७ वटामा फ्रान्स विजयी भएको छ भने तीन वटा खेल बराबरीमा सकिएका छन्। एउटा खेल मोरक्कोले जितेको थियो।

दुई देशबिच अहिलेसम्म औपचारिक रुपमा ५ वटा खेल भएकोमा ३ वटामा फ्रान्स विजयी हुँदा एक खेल बराबरीमा र एक खेल मोरक्कोको पक्षमा रहेको छ।

फ्रान्ससँग भएका खेलमा मोरक्को कमजोर देखिन्छ तर उसका पछिल्ला प्रदर्शन हेर्दा यसपटक नतिजा उल्टाउन सक्ने अनुमान पनि गरिएको छ।

फ्रान्स र मोरक्कोमा जसले जित्छ त्यो टिम उपाधिकालागि अर्जेन्टिनासँग फाइनलमा भिड्ने छ।

प्रकाशित: २८ मंसिर २०७९, बुधबार १०:२०